१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

उदय शम्शेर राणाद्वारा जेनजी आन्दोलनका शहीद विनोद महर्जनलाई श्रद्धाञ्जली


३ आश्विन २०८२, शुक्रबार  

4
Shares

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सांसद उदय शम्शेर राणाले जेनजी आन्दोलनका शहीद ललितपुर–७ दुपाट निवासी विनोद महर्जनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

राणाले महर्जनको परिवारसँग भेटघाट गर्दै उहाँको बलिदान र सपनालाई पूरा गर्ने दृढ संकल्प व्यक्त गरेका छन्। साथै, शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना पनि गरेका छन्।

राणाले भने, “विनोद महर्जनको बलिदान केवल एउटा व्यक्ति वा परिवारको पीडा मात्र होइन, यो न्याय र सुशासनका लागि संघर्षरत सम्पूर्ण नेपालीको साझा घाउ हो।”

नेपाललाई न्यायपूर्ण, उत्तरदायी र स्वच्छ बनाउन महर्जनजस्ता सहिदको योगदानलाई स्मरण गर्दै राणाले भ्रष्टाचारविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ४ : ३३ बजे