काठमाडौँ । नमिठो जाँडैको धेरै निगार नक्कली केटीको धेरै श्रृंगार बोलको गीत सार्वजनिक भएको छ ।
दशैंको अवसर पारेर पुरानो उखान टुक्काबाट जोडिएको यो गीतलाई बुद्धि कुलुङले लेखेका हुन भने डि जे मेवाहाङले संगीत भरेका छन् । गीतमा मेरो भोइस युनिभर्सका दुई फाईनलिस्ट सिजन एक का परेश राई र सिजन २ का जुनु प्रसाईंले स्वरदिएका छन् ।
नमिठो जाँडैको धेरै निगार नक्कली केटिको धेरै शृङ्गार भन्ने ठट्यौली ढाँचाको गीतले दर्शकलाई मनोरञ्जन दिने र यस गीतले पुरानोउखान टुक्कालाई पुनर्जीवित गर्ने प्रयास रहेको संगीतकार डि जे मेवाहाङ बताउछन् । भिडियोमा आसिष लिम्बू र अप्शु वाजी लिम्बुको जोडिलाई देख्न सकिन्छ ।
निर्देशन संगीतकार आफैँले गरेका हुन् । तारा कुलुङको निर्माणमा तयार पारिएको गीतमा संगीत संयोजन तथा ध्वनी मिश्रणमा सागर संसार राई, छायांकनमा गंगाराम राई, सम्पादनमा अमृत चापागाईं, नृत्य निर्देशनमा केशबराज भट्ट, शृङ्गारमा रितु कटुवाल रहेका छन् ।
गीत माहोल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । भिडियोलाई तारा कुलुङ युट्यु च्यानलबाट सार्वजनिक गरिएको छ ।

























