१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत ‘सुन्तली माई’ सार्वजनिक


१० आश्विन २०८२, शुक्रबार  

12
Shares

दशैँको फूलपाती अर्थात् असोज १३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत सार्वजनिक भएको छ ।

समिक्षा अधिकारी र मोहितवंश आचार्यको स्वरमा रहेको ‘सुन्तलीमाई’ गीत रिलिज भएको छ। गीतमा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको संगीत, कुशल सिंहको एरेन्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ्ग/ मास्टरिङ्ग रहेको छ। गीतको भिडियोमा आर्यन सिग्देल, प्रकाश सपुत, बर्षा राउत लगायत फिचर रहेका छन्फि चर रहेका छन्। चलचित्रको कथा अनुसार बगेको भिडियोमा चलचित्रका प्रमुख कलाकार पनि प्रस्तुत भएका छन्।

विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोलाई कृष्ण बहादुर थापाले खिचेका छन् भने नहकुल खड्काले सम्पादन गरेका छन्।

दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ८ : २६ बजे