१८ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

महाकुलुङले जारी गर्यो बाढी, पहिरो र चट्याङ जोखिम क्षेत्र, सर्तकता अपनाउन अपिल


१८ आश्विन २०८२, शनिबार  

168
Shares

काठमाडौँ । भारी वर्षापछि आउन सक्ने बाढि पहिरो र संभावित क्षतिको आँकलन गर्दै वडागत जोखिमयुक्त स्थान पहिचान गरी सर्तकता अपनाउन सार्वजनिक अपिल गरेको छ । पालिकाले जोखिम क्षेत्र पहिचान गर्दै धनजनको क्षति हुनबाट बच्न र बचाउन पालिकामा सम्पर्क र समन्वयका लागि नम्बरहरु समेत सार्वजनिक गरेको छ ।

पालिकाले पहिचान गरेको वडागत जोखिम क्षेत्र

वडा नं. १ अन्तर्गत पहिरोको उच्च जोखिम रहेको स्थानहरुः बुल्टोसुम वस्ती, सिमवल्दो वस्ती र लोचन पार्कको करिव ३०० मिटर आसपास, खिसरो भएर जाने मध्यपहाडी लोकमार्ग (सोताङ-भोजपूर खण्ड) लगायतका भित्री सहायक मार्गहरु र अन्य क्षेत्रहरु समेत।

वडा नं. २ अन्तर्गत पहिरो र बाढीको उच्च जोखिम रहेको स्थानहरुः भूवा खोला देखि फूलवती खोला सम्म सवारी साधन र यात्रु आवगमन हुने क्षेत्रहरुमा।

वडा नं. ३ अन्तर्गत चट्याङ र पहिरोको उच्च जोखिम रहेको स्थानहरु: छेस्कामको तल्लो क्षेत्रहरुमा पहिरो र माथिल्लो खर्कहरुमा चट्याङको उच्च जोखिम तथा अन्य क्षेत्रहरु समेत ।

वडा नं. ४ अन्तर्गत पहिरोको उच्च जोखिम रहेको स्थानहरु: विशेष गरी खेउ खोल्सा आसपास र कोठे क्षेत्र लगायतका अन्य क्षेत्रहरुमा।

वडा नं.५ अन्तगर्त पहिरोको उच्च जोखिम रहेको स्थानहरुः खेउ खोल्सा आसपास र चाचालुङ हुँदै निमचोला सम्मको सडक खण्डहरु तथा अन्य क्षेत्रहरुमा।

सम्पर्क र समन्वयका लागि सार्वजनिक नम्बर

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १० : ५१ बजे