काठमाडौँ । स्नो सञ्चार प्रा।लि।को आयोजनामा मिस्टर एण्ड मिस स्नोज एम्बेष्टरको अडिसन राउण्डमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका भित्रका १५० भन्दा बढीले सहभागीता जनाएका छन् ।
कात्तिक २२ गते शनिबार ओखलढुंगा सदरमुकाममा भएको अडिसनबाट ७६ जना दोस्रो राउण्डमा छनौट भएका छन् । सहभागीले डान्स, एक्टिङ, सिङिगङ, स्पिच लगायतका ट्यालेन्ट प्रस्तुत गरेका थिए ।
पेजेन्टमा ५ देखि १६ र १६ देखि ३० वर्ष उमेर समूहलाई सहभागी गराइएको छ । इच्छुक तर छुटेकाहरुले नजिकको स्थानीय तहको अडिसनमा सहभागी बन्न पाउने व्यवस्था मिलाइएको छ भने अडिसनबाट बाहिरिएका ३० जनालाई वाइल कार्ड इन्ट्रीको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
गायक तथा कलाकार कल्याण राई, कोरियाग्राफर सिम्रिका खत्री, स्नो सञ्चार प्रा।लि।का सिइओ सम्भव क्षेत्रीले जजको भूमिका निर्वाह गरेका थिए ।
ओखलढुंगाकै सम्पूर्ण पालिकामा मिस्टर एण्ड मिस स्नोज एम्बेष्टरको अडिसन गर्ने तयारी समेत गरिएको छ ।
स्नो सञ्चारका सिइओ सम्भव राउत क्षेत्रीका अनुसार ग्रामिण क्षेत्रमा रहेका ट्यालेन्ट खोज्ने अभियानको रुपमा सुरु मिस्टर एण्ड मिस स्नोज एम्बेष्टरमा ओखलढुंगाको एक नगरपालिकामा देखिएको सहभागीताले उत्साहित भएको प्रतिक्रिया दिए ।
































