सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिका ४ मा चालु आर्थिक वर्षमा पालिकाबाट विनियोजित विकास निर्माणको रकम र योजनाको शीर्षक अनुसार १९ वटा उपभोक्ता समिति गठन गरिएको छ ।
वडा कार्यालयमा भएको वडास्तरिय भेलाले चालु आर्थिक वर्षमा स्वीकृत १९ वटा योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गरिएको छ ।
विकास शीर्षकमा पालिकाबाट ९३ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा वडा न ४ ले चालू तर्फ ९ वटा शीर्षकमा ६ लाख ७० हजार रुपैयाँ खर्च गर्न पाउने छ ।

वडाध्यक्ष सरस्वती कुलुङ अध्यक्षतामा वडा बासी, नागरिकहरू, उपभोक्ता, सङ्घ संस्था प्रतिनिधिहरू, टोल विकास समितिहरू, समाजसेवी, पत्रकार, पूर्व जनप्रतिनिधिहरू, विभिन्न राजनीति दलहरूका प्रतिनिधिहरूको सक्रिय सहभागितामा उपभोक्ता समिति गठन गरिएको हो ।
समिति गठन सँगै योजना सम्झौता प्रक्रिया अघि बढाउने वडाध्यक्ष सरस्वती कुलुङले जानकारी दिइन् ।

























