६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

महाकुलुङ आधारभूत अस्पताल उद्घाटनको तयारी तीव्र: राजेश, कमल, बबिना, सुबोध लगायतको प्रस्तुति दिने


२३ मंसिर २०८२, सोमबार  

244
Shares

काठमाडौँ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ बुङमा स्थापना गरिएको १५ शैयाको महाकुलुङ आधारभूत अस्पतालको नवनिर्मित भवनको उद्घाटनको तयारी तीव्र पारिएको छ ।

शल्यक्रिया सहितको सेवा सुरु भए लगत्तै यही मङ्सिर २६ गते नवनिर्मित भवनको कोसी प्रदेश सदस्य गोम्बु शेर्पा ‘कर्ज्याङ’ले उद्घाटन गर्ने कार्यक्रम तय भएको महाकुलुङ गाउँपालिकाले जनाएको छ ।

सोही अवसरमा मानसिक स्वास्थ्य र पर्यटन प्रवर्द्धनका लागि साङ्गीतिक कार्यक्रमको समेत आयोजना गरिएको छ। सो कार्यक्रममा राई ईज किङ राजेश पायल राई, कमल खत्री देखि बबिना किराँती, कुमार प्रयास, अजय अलङ्कार, हास्य कलाकार द्वय सुबोध गौतम र उमेश राई (फुलन्देकी आमा)लगायतले प्रस्तुति दिनेछन् ।

राजेश, बबिना र अजय महाकुलुङ पालिका गानका गायक गायिका पनि हुन् । सोही अवसरमा उनीहरूलाई विशेष सम्मानको तयारी गरिएको पालिका अध्यक्ष सूर्य बहादुर कुलुङले जानकारी दिए । अस्पताल उद्घाटनकै अवसरमा जग्गादातालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, सोमबार  १० : ३६ बजे