सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले विकास निर्माणको काममा सहकार्यका लागि सदैव तत्पर रहेको बताएका छन् ।
विहीबार तिङला वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै मेयर शेर्पाले भने, ‘हिजो तिङलामा जनप्रतिनिधि नहुँदा जति चिन्तित थिए । अहिले जनप्रतिनिधि हुँदा पनि उत्तिकै संवेदनशील छु ।’
तिङलामा शिक्षा, सडक, विद्युत र कृषिमा उल्लेख काम भएको दाबी गर्दै उनले स्वास्थ्यका क्षेत्रका केही महत्वपूर्ण काम गर्न बाँकी रहेको बताए । मेयर शेर्पाले एकता र सघर्ष तिङलाको पहिचान भएकाले विकास निर्माणको सवालमा नेतृत्वलाई सचेत गराउन आग्रह गरे ।
भवन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलासहित सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङ, वडाअध्यक्ष तथा जप्रतिनिधि, शिक्षकलायतको उपस्थिति रहेको थियो ।