काठमाडौं । अंग्रेजी नयाँबर्ष जनवरी १ अर्थात भोली बिहीबारबाट रिलिजमा आउने नेपाली फिल्म एक्लो १ ले चलचित्र सेन्सर बोर्डबाट यु सर्टिफिकेट पाएको छ ।
यु भन्नाले युनिभर्सल अर्थात सबैले हेर्न मिल्ने भनेर सर्टिफिकेट दिएको हो । यो फिल्म नेपाली फिल्महरुकै लागी फरक छ । काल्पिनिक कथामा निर्माण भएको फिल्म हो । सुपरस्टार प्रदीप खड्का यो फिल्मको मुख्य कलाकार हुन् । प्रदीपसँगै विजय लामा, सुनिल थापा, बेनिशा हमाल, कविता नेपाली, सुरज सिंह ठकुरीलगायतका कलाकारको मुख्य अभिनय छ ।
फिल्ममा आउँदो सन् २०३० मा हुनसक्ने एक घटनालाई कल्पना गरेर कथा बनाइएको छ । सन् २०३०मा एउटा ठुलो भाइरल आउँछ । त्यसपछि त्यो भाइरलले केके गर्छ भन्ने कुरा फिल्मले देखाउँछ ।
फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । निर्देशक प्रदीपले यसअघि पनि आफ्नो निर्देशकिय कला देखाइसकेका छन् । साथै उनले बिदेशमा पनि फिल्म नै पढेर आएका हुन् । फिल्म एक्लोका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् ।
बाबु श्रेष्ठको छायाङ्कन रहेको यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा द्रोण प्रसाद पौडेल ठेउके रहेका छन् ।

























