१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

मन्त्रीकै घरमा डेढ महिनाभित्र दुई पटक चोरी

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री चेतनारायण आचार्यको घरमा डेढ महिनाभित्र दुई पटक चोरी भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका हटारीनेटास्थित उनको निजी निवासमा गएराति दोस्रो पटक चोरी भएको प्रहरीले जनाएको छ । खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्य परिवारसहित काठमाडौं गएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।…