२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025

विकासमा सहकार्य गर्न सदैव तत्पर छु : मेयर शेर्पा


११ आश्विन २०८०, बिहिबार  

60
Shares

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले विकास निर्माणको काममा सहकार्यका लागि सदैव तत्पर रहेको बताएका छन् ।

विहीबार तिङला वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै मेयर शेर्पाले भने, ‘हिजो तिङलामा जनप्रतिनिधि नहुँदा जति चिन्तित थिए । अहिले जनप्रतिनिधि हुँदा पनि उत्तिकै संवेदनशील छु ।’

तिङलामा शिक्षा, सडक, विद्युत र कृषिमा उल्लेख काम भएको दाबी गर्दै उनले स्वास्थ्यका क्षेत्रका केही महत्वपूर्ण काम गर्न बाँकी रहेको बताए । मेयर शेर्पाले एकता र सघर्ष तिङलाको पहिचान भएकाले विकास निर्माणको सवालमा नेतृत्वलाई सचेत गराउन आग्रह गरे ।

भवन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलासहित सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङ, वडाअध्यक्ष तथा जप्रतिनिधि, शिक्षकलायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ३ : २१ बजे