१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

महावीरको यात्रामा सघाउने खोटाङकी मनकारी अनिला


१८ कार्तिक २०८०, शनिबार  

8
Shares

महावीर पुन: राष्ट्रिय आविष्कार केन्द्र चलाएर बसिरहेका छन् । उनले आफुले लेखेको पुस्तक बेचेर वीरगन्जको कृषि औजार कारखाना चलाउनका लागि खर्च जुटाईहरेका छन् । चोकचोकमा बसेर पुस्तक बेचेर हिडिरहेका महावीरलाई सघाउन खोटाङकी अनिलाले साथ दिएकी छिन् ।

केपिलासगढि गाउँपालिका ५ सप्तेश्वरकी अनिलाले यसअर्थमा साथ दिईन्की नेपालका बैज्ञानिक रहेका पुनको कर्म, जिवन र संघर्षको कथा अरुलाई प्रेरणा मिलोस भनेर पुस्तक खरिद गरेकी छिन् । लामो समय देखि बैदेशिक रोजगारमा रहेकी अनिलाले १०१ थान पुस्तक खरिद गरेकी छिन् । उनले यो पुस्तक आफै पढनका लागि खरिद गरेकी होईन् । यो पुस्तक खोटाङका माध्यमिक विद्यालयलाई एक–एक थान वितरण गर्नका लागि हो । ६ वर्षदेखि दक्षिण कोरियामा कार्यरत रहेकी राईले जिल्लाका विद्यालयलाई पुस्तक खरिद गरि प्रदान गर्न लागेकी हुन् ।

प्रथम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग पुग्ने गरि महाविरपुनद्वारा लिखित पुस्तक ‘‘सम्झना–सपना–अविरल–यात्रा” वितरणका लागि सहजिकरण गरिदिन अपिल गरेकी छिन् । जिल्लाको एसेलुखर्क गाउँपालिकाका ८ विद्यालय, केपिलासगढि गाउँपालिकाका ८, खोटेहाङका ११, जन्तेढुंगाका ६, दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका २४, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १४, बराहापोखरी गाउँपालिकाका ६, रावाबेसी गाउँपालिकाका ७, साकेला गाउँपालिकाका ५ र हलेसी तुवाचुङ नगरपालिकाका १२ गरि १०१ विद्यायलाई पुस्तक वितरण गर्न लागेको जनाईएको छ ।

केहि पालिकाका पुस्तक वितरण संयोजकले काठमाडौंबाटै पुस्तक जिम्मा लिईसकेका छन् । अनिलाले जस्तै तपाई हामीले पनि महावीरको यो कार्यमा साथ दिन सके विदेशबाट आयात हुने कृषि औजार नियन्त्रण हुने थियो । स्वदेशी उत्पादनले बजार पाउने थियो । देशकै नागरिकले रोजगार पाउने थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ३ : ५४ बजे