२७ भाद्र २०८१, बिहिबार | Thu Sep 12 2024

महाकुलुङमा सिकाई आपुरण तथा द्रुत सिकाई योजना विषयेक अभिमुखिकरण


२१ मंसिर २०८०, बिहिबार  

48
Shares

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा एक दिवसिय सिकाई आपुरण तथा द्रुत सिकाई योजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ । महाकुलुङ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिकाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु र गैर सरकारी संस्था लगायत शिक्षा सरोकारवालाहरुका लागि अभिमुखिकरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष सुर्य कुलुङले योजना बनाएर पुर्णता दिलाउन सके मात्र कार्यक्रमले सार्थकता पाउने बताउँदै सबै पक्ष कार्यान्वयनमा एकजुट हुनुपर्ने भनाई राखे । यो अभिमुखिकरण कार्यक्रमको उदेश्य भनेको कोभिड–१९ बाट भएको सिकाइ क्षती न्यूनीकरण, आपुरण तथा अभिवृद्धि गर्न सहजीकरण गर्न, विद्यालय छोड्ने र दोहोराउने दरलाई कमगर्न, तुलनात्मक रूपमा बढी शैक्षिक क्षेती भएका पालिकाहरु पहिचान गरि सहयोग कार्यक्रम सञ्चालन गर्नु, तिनै तहका सरकार, शिक्षा क्षेत्रमा कार्यरत गैसस शैक्षिक संघ संस्था समन्वय र सहकार्यमा सबै बालबालिका सिकाई निरन्तरता र सुनिश्चितता गर्नु रहेको पत्रकार झलक राईले जानकारी दिए ।

महाकुलुङ शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख झमक बहादुर कटुवालले सहसिजकरण गरेको कार्यक्रममा पालिका अध्यक्ष सुर्य कुलुङ, वडा नम्बर १ वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक पर्खिधन राई, शिक्षा समिति तथा कार्यपालिका सदस्य दौलित कुलुङ, दलित महिला सदस्य तथा कार्यपालिका सदस्य सितामाया बिक, शिक्षा समिति तथा छेस्काम माध्यमिक बिद्यायका गुरुप्रसाद राई, गुदेल माध्यमिक विदालयका प्रधानाध्यापक लबकुमार राई, सगरमाथा माध्यमिक विद्ययालयका सिअसं अध्यक्ष राजनमान राई, रीड नेपाल शिक्षा बिकास अधिकृत शरद गौतम प्रधानाध्यापक, गैरसरकारी संस्थाका प्रतिनिधि, लगायत ४० जना उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ५ : ३१ बजे