२७ भाद्र २०८१, बिहिबार | Thu Sep 12 2024

रीडको आयोजनामा सुनसरी पाईने तालिम सल्लेरीमै



सोलुखुम्बु – सोलुखुम्बुमा रिड नेपालको आयोजनामा टी.पी.डी र स्थानीय स्रोत शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।रीड नेपालको आयोजना तथा शिक्षा तालिम केन्द्र सुनसरी र नगरपालिका तथा गाउँपालिकाको समन्वयमा आधारभूत तह गणित विषय शिक्षकको पेसागत विकास विषयमा १० दिने तालिम टी.पी.डी र स्थानीय स्रोत शिक्षकका लागि ४ दिने क्षमता अभिवृद्धि तालिम आजबाट सुरु भएको छ ।

तालिमको उद्घाटन कार्यक्रममा सल्लेरीको जनजागृति माविमा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर समेत रेहकी प्रमुख अतिथि गान्धिमाया तामाङले विद्यालयको गुणस्तर सुधारमा शिक्षक तालिमले थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै सुनसरीमा गएर लिनु पर्ने तालिम जिल्लामै आयोजनाका भएकोमा खुसी व्यक्त गरिन् । उनले रीड नेपाललाई दिदै पहिलाको तुलानामा शिक्षामा क्रमश सुधार हुँदै गएको दाबी गरिन् ।

कार्यक्रममा बोल्दै रीड नेपालका संस्थापक अध्यक्ष भिम बोगटीले कार्यक्रमको दिगोपानाको लागि स्थानीय तहसंगको समन्वयमा स्थानीय स्रोत शिक्षक नेटवर्क निर्माण गरि परिचालन गरेको भन्दै आफुलाई नमुना शिक्षकको रुपमा प्रस्तुत गर्दै विद्यालयमा काम गर्न आग्रह गरे ।

कार्यक्रमममा तालिमको उद्देश्यबारे रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले प्रस्ट पार्दै तालिमको मुख्य उद्देश्य, तालिममा सिकेका सिपहरुलाई विद्यालयमा लगेर बालबालिकाको सिकाइ उपलब्धी वृद्धि गर्ने रहेको बताए ।
त्यसका लागि तालिममा शिक्षकको पेसागत विकाससँग सम्बन्धित विभिन्न विषयवस्तु तथा शैक्षणीक क्रियाकलापसंग सम्बन्धित विधिहरुलाई फोकस गर्ने बताए।

तालिममा बोल्दै जजा माविका प्रअ जनक कुमार थापाले सोलुखुम्बुको शैक्षिक सुधारमा रीड नेपालको महत्त्वपूर्ण योगदान रहेको बताए ।
रीड नेपालले काम गरेका विद्यालय र अन्य विद्यालयको कक्षाकोठा व्यवस्थापन शैक्षिक सामग्री निर्माणमा अन्तर पाइने बताए ।
तालिममा गणित विषयका दोस्रो चरणका १२ जना शिक्षक र १९ जना स्रोत शिक्षकको सहभागिता रहेको छ । तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षकहरुले गरिरहेका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ५ : ४४ बजे