काठमाडौँ । सोलुखुम्बुका सम्भव राउत क्षेत्रीले ‘मोडल टुरिजम एम्बेष्टर वर्ल्ड-२०२५’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन् ।
आगामी अप्रिल ५ देखि १२ सम्म नेपालमा आयोजना हुने अन्तराष्ट्रिय स्तरको कार्यक्रम ‘मोडल टुरिजम एम्बेष्टर वर्ल्ड’मा सोलुका क्षेत्रीले नेपालको तर्फबाट एकल सहभागीता जनाउने छन् ।
कार्यक्रममा दर्जन भन्दा बढी देशका प्रतिस्प्रर्धी सहभागी हुनेछन् । ४ वर्ष देखि ५० वर्ष माथीका उमेर समूहका व्यक्तिको सहभागीता रहने कार्यक्रममा किड्स, टिन र एडल्ट गरी ९ समूहमा प्रतिस्प्रर्धा गराइनेछ ।
क्षेत्री १७ देखि १९ वर्षको उमेर भित्र समूह इ मा हुने प्रतिस्प्रर्धामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन् । ‘मोडल टुरिजम एम्बेष्टर वर्ल्ड-२०२५’ अन्तरगत फेसन शो, फोटो सुट, र्याफ्टिङ, पशुपतिनाथ मन्दिर भ्रमण गराउने कार्यक्रम राखिएको छ ।
अप्रिल ११ मा ग्राण्ड फिनाले हुने आयोजक फेसन एराले जनाएको छ । समूहगत विजेताले आगामी जुलाईमा थाइल्याण्डमा आयोजना हुने कार्यक्रममा सहभागी बन्ने मौका प्राप्त गर्नेछन् ।
नेचासल्यान गाउँपालिका १ रुङगाका क्षेत्री मिस्टर टिन ईन्टरनेसनल नेपालको फाईनल राउण्डमा समेत प्रवेश गरेका छन् ।