७ असार २०८३, आइतबार | Sun Jun 21 2026

दाहिने हात र खुट्टा नचल्ने विद्यार्थीको उपचारका लागि रीड नेपालको सहयोग


४ फाल्गुन २०८१, आइतबार  

2
Shares

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ५ स्थित गणेशस्थान माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा प्रतीक्षा श्रेष्ठको उपचारका लागि रीड नेपालले आर्थिक सहयोग प्रदान गरेको छ ।

दाहिने हात र खुट्टा नचल्ने समस्याबाट पीडित विद्यार्थी श्रेष्ठको उपचारको सहयोगका लागी ३० हजार आर्थिक सहयोग गरिएको रीड नेपालका शिक्षा विकास अधिकृत केशव गिरिले बताए।

विद्यार्थी श्रेष्ठको उपचारका लागी आर्थिक अभाव भएपछि सहयोगका लागि विद्यालयले रीड नेपाललाई अनुरोध पत्र पठाएको थियो । श्रेष्ठको उपचार हाल कान्तीबाल अस्पतालमा भइरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : १८ बजे