७ असार २०८३, आइतबार | Sun Jun 21 2026

महाकुलुङ ४ विद्यालयमा किशोरी भेटघाट कार्यक्रम


१५ फाल्गुन २०८१, बिहिबार  

36
Shares

सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिकाका ४ विद्यालयमा किशोरी भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ ।

गाउँपालिकाको साझेदारीमा इको हिमाल नेपालद्वारा सञ्चालित लैङिगकमैत्री हिमालयन विद्यालय परियोजना अन्तरगत किशोरीहरुको शैक्षिक, आर्थिक, सामाजिक, राजनैतिक लगायतका क्षेत्रमा पुरुष सरह हक अधिकार स्थापित गराउने गरी क्षमता अभिबृद्धिका उद्देश्यले छेस्काम माध्यमिक विद्यालय, गुदेल माध्यमिक विद्यालय, सगरमाथा माध्यमिक विद्यालय र जनसुधार आधारभूत विद्यालयमा किशोरी भेटघाट कार्यक्रम सञ्चालन गरिएको पत्रकार झलक राईले जानकारी दिए ।

फागुन ८ देखि १३ गतेसम्म सञ्चालन गरिएको भेटघाटमा १० विद्यालयका १७५ किशोरीहरुले महिनावारी, लैङिगक हिंसा, बालविवाह, लैङिगक समानता लगायतका विषयमा कविता, नाटक, वक्तृत्वकला, गीत, नाच मार्फत प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  १२ : १९ बजे