सोलुखुम्बु । नेकपा एमाले महाकुलुङ गाउँपालिका समितिले पालिका स्तरीय जरा केन्द्रित अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा एमाले कोशी संचिवालय सचिव तथा महाकुलुङ पार्टी इन्चार्ज बुद्धि राज भण्डारीको प्रमुख आतिथ्यतामा बिहिवार महाकुलुङ गाउँपालिकामा अनुशिक्षण सम्पन्न गरिएको हो ।
अनुशिक्षणमा जिल्ला अध्यक्ष डफु कुमार बास्तोला, उपसचिव मोहन कुमारी कार्की, प्रदेश ‘क’ निर्वाचन समन्वय कमटी संयोजक धर्मध्वज खत्री लगायतको उपस्थिति रहेको थियो ।
अनुशिक्षणमा स्थानीय तहमा पार्टी सबलीकरण, पार्टीको नीति नेतृत्व, विधि, पद्धति प्रणाली अनुसार सञ्चालन, पार्टीलाई कसरी प्रविधिमैत्री बनाउने, पार्टीलाई शुद्धीकरण गर्दै वडा तहसम्म संगठन विस्तार लगायतका विषयमा छलफल भएको थियो ।
























