सोलुखुम्बु । रीड नेपालको आयोजना तथा माप्य दुधकोशी गाउँपालिकाको समन्वयमा ४ दिने समावेशी शिक्षा अपाङ्गता र बाल सुरक्षा सम्बन्धी पालिका स्तरीय क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सुरु भएको छ ।
आजबाट पालिकामा सुरु गोष्ठीमा बोल्दै रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले पालिकामा संचालित विभिन्न परियोजना तथा कार्यक्रममा समावेशी शिक्षा, अपाङ्गता तथा बाल सुरक्षालाई कसरी स्थानीय योजनामा समावेश गरेर गुणस्तरीय शिक्षालाई लागु गर्न सकिन्छ, पालिकाकका विभिन्न नीतिहरुमा उक्त कुरालाई कसरी समावेश गरेर लान सकिन्छ लगाएतका विषयवस्तुमा कार्यशाला केन्द्रित हुने बताए ।

स्थानीय शिक्षा क्षेत्र योजनामा उक्त कुराहरुलाई पहिले नै समेटिएको भएता पनि थप अपडेट समेत गर्ने जनाइएको छ । कार्यक्रममा पालिकाका सम्पूर्ण वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, माध्यमिक विद्यालयका प्रध्यानाध्यापकहरु पालिकाका विभिन्न शाखाका शाखाप्रमुखहरुको सहभागिता रहेको छ ।
कार्यक्रम रीड नेपालका कार्यक्रम निर्देशक डील्ली प्रसाद डोटेलको अध्यक्ष्यतामा संचालन गरिएको थियो । कार्यक्रममा बोल्दै वडा नम्बर २ का वडा अध्यक्ष चन्द्र बहादुर राईले रीड नेपालको शैक्षिक क्षेत्रमा अतुलनीय योगदान रहेको भन्दै कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे ।

कार्यशालाको सहजीकरण नेपाल सरकारका पुर्व उप सचिव गोकर्ण शर्मा, अपाङ्गता समबन्धी विशेषज्ञ रामलाल धामी, रीड नेपालका बाल सुरक्षा अधिकृत लक्ष्मी श्रेष्ठले गरिरहनु भएको छ ।
























