२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025

कविता बाचन प्रतियोगितामा ओगानेम आमा समुहकी पुष्पावती राई प्रथम


२४ फाल्गुन २०८१, शनिबार  

144
Shares

सोलुखुम्बु । ११५औं अन्तर्राष्टिय महिला दिवसको अबसरमा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाद्धारा आयोजित अन्तरआमा समुह कविता बाचन प्रतियोगितामा ओगानेम आमा समुह मुक्लीकी पुष्पावती राई प्रथम भएकी छिन् ।

शनिबार सम्पन्न प्रतियोगितामा थुलुङ दुधकोशी ढाका उद्योग देउसाकी तेरीना नाछिरिङ राई द्धितीय, नव बिहानी महिला सञ्जाल जुबुकी खेम कुमारी बन तृतीय र सयपत्री आमा समुह नेलेकी हिता बस्नेत सान्त्वना भएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

‘सबै महिना तथा बालीकाको लागि अधिकार समानता र शसक्तीकरण’ भन्ने राष्ट्रिय नारा शिर्षकमा आयोजित खुल्ला कविता बाचन प्रतियोगितामा भने वडा नम्बर ६ मुक्लीकी कैलाश कुमारी राई प्रथम भएकी छिन् । महिला तथा बालबालिका शाखा प्रमुख रामकला राईका अनुसार वडा नम्बर ४ की अस्मिता राई द्धितीय, वडा नम्बर ६ मुक्लीकी प्रतिष्ठा राई तृतीय र वडा नम्बर ४ की शोभा नेपाली सान्त्वना भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना हुने दुबै तर्फका प्रतियोगीहरुले कर कट्टी सहित नगद १० हजार, ८ हजार, ६ हजार र ५ हजार नगदको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।

दिवसकै अबसरमा म्यूजिकल चियर प्रतियोगिता पनि गरिएको थियो । उक्त प्रतियोगितामा वडा नम्बर ६ की लक्ष्मि बि.क. प्रथम, वडा नम्बर १ की दुर्गा कार्की द्धितीय र जुबुकी अनिता राई तृतीय भएका छन् ।

गाउँपालिका उपाध्यक्ष सविता राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष इन्द्रमणी दाहाल, वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्की, सामाजिक विकास समिति संयोजक बुद्धिराज राई कार्यपालिका सदस्य सरिता राई र तमुना राई लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ८ : ५४ बजे