सोलुखुम्बु । २०७२ सालको भुकम्पले घर भत्काएपछि त्रिपालको भरमा बस्दै आएका सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ६ का चन्द्र बहादुर राईको परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ ।
पालिका र रीड नेपालको डेढ–डेढ लाख सहयोगमा नयाँ घर निर्माण गरी आज हस्तान्तरण गरिएको हो ।
रीड नेपालले चन्द्र बहादुरकी एक छोरीलाई छात्रवृत्ति उपलब्ध गराई शिक्षा आर्जनमा पनि सहयोग गर्दै आइरहेको छ ।
घर हस्तान्तरणका लागी गाउँपालिका अध्यक्ष बुद्विकिरण राई, उपाध्यक्ष गौरव राई, रीड नेपालका अधिकृतहरू सहितको टोली वाकु पुगेका थिए ।