५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन राष्ट्रपतिले उद्घाटन गर्ने


२८ फाल्गुन २०८१, बुधबार  

808
Shares

सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने निधो भएको छ ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता बलबहादुर केसी, पालिका अध्यक्ष धनजन राई, कांग्रेस नेता प्रकाशसिंह कार्की लगायतको टोलीले राष्ट्रपति पौडेललाई भेट गरेका थिए ।

चैत्र ११ गते राष्ट्रपति सोलुखुम्बुको नेचासल्यान आउने र प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको पालिका अध्यक्ष धनजन राईले जानकारी दिए । आरोन ॐ बालाजी पि आर जे भिले निर्माण गरेको भवनको गत फागुन ७ गते उद्घाटनको तयारी गरिएपनि विविध कारणले स्थगीत भएको थियो ।

नेचासल्यान गाउँपालिका र सङ्घ सरकारको ५०-५० प्रतिशत गरी कुल ३ करोड ७२ लाख बजेटमा निर्माण गरिएको ५ तले सुविधा सम्पन्न प्रशासनिक भवनबाट सेवा प्रवाहको थालनी भने गरिसकिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १० : २६ बजे