काठमाडौँ । दीपक रौनियारबाट निर्देशित फिल्म राजागंजुको बुधबार काठमाडौंको बिग मुभिजमा गरिएको प्रिमियर गरिएको छ । फिल्मकर्मी, नेता र कमेडियन समेतले यो फिल्म हेरेका छन्।
यसले विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको यो फिल्मले स्वदेशमा पनि प्रशंसा पाएको छ। प्रिमियरमा फिल्म हेर्नेहरूले यसको प्रशंसा गरेर थाकेका छैनन्।
प्रिमियरमा प्राप्त प्रतिक्रियाले निर्माण टिम पनि उत्साहित देखिएको छ। यो फिल्म शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।
उक्त फिल्ममा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, निकिता चाण्डक, गौमाया गुरूङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

























