होली पर्वको अवसर पारेर बिहीबारदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्।
एक्सन जनरामा बनेको ‘आउट लः दफा २१९’ र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित ‘अञ्जिला’ प्रदर्शनमा आएका हुन्।
‘आउट लः दफा २१९’ लाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन्।
फिल्ममा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, विशाल पहारी, महेश त्रिपाठी, सानु लागुन, सुमन भण्डारी, हेममान गुरूङ लगायत कलाकारहरूको अभिनय छ। सामाजिक मुद्दालाई उठान गरेको यो फिल्मको निर्माता अमित अग्रहरी र निशा गाइड हुन्।
‘अञ्जिला’ लाई मिलन चाम्सले निर्देशन गरेका छन्। यसमा एञ्जिला तुम्बापो सुब्बा स्वयंले अभिनय गरेकी छन्। साथमा दयाहाङ राई, सिर्जना सुब्बा, सुनील थापा, विजय बराल, माओत्से गुरूङ, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय छ। यो फिल्मको निर्माता प्रेमकुमार श्रेष्ठ हुन्।

























