७ असार २०८३, आइतबार | Sun Jun 21 2026

‘घामपानी घामपानी’ सार्वजनिक 


१८ चैत्र २०८१, मंगलबार  

6
Shares

काठमाडौँ ।लोकप्रिय गायिका समिक्षा अधिकारी र नव बालगायिका शुभाङ्गी सिंह खड्काको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘घामपानी घामपानी’ बोलको सार्वजनिक गीतमा प्रकाश सापकोटाको शब्द छ भने आर.एण्ड बि.को संगीत रहेको छ । 

गीतको भिडिओमा नायिका बर्षा राउतसँगै गायिका शुभाङ्गीले अभिनय गरेका छन् ।भिडिओलाई आशिष गुरुङले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीको टिमले खिचेको हो ।

 सन्जय विश्वकर्माको कोरियोग्राफी रहेको भिडिओ मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

भाङ्गी कल्चर क्रिएसनको युट्युव च्यानलमार्फत सार्वजनिक भिडिओमा सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया आउन थालेका छन् । शुभाङ्गी उदाउँदै गरेकी नव प्रतिभा हुन् । उनको गायकीलाई सामाजिक सन्जालमा धेरैले रुचाएका पनि छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  २ : २४ बजे