१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता



रसुवा । बर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार ९ नेपाली सेना, ३ प्रहरी र ६ चिनियाँ गरी १८ जना बेपत्ता रहेका छन् । अहिलेसम्म एक नेपाल प्रहरी, एक सशस्त्र प्रहरी र ७ जना स्थानीय गरी ९ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

नेपाल चीन नाका जोड्ने मितेरी पुल बगाई पूर्ण रुपमा क्षति भएको छ भने चीनसँगको सम्पर्क पुर्णरुपमा बिच्छेद भएको छ । त्यसैगरी इभी चार्जिङ स्टेशनमा क्षति पुगेको छ भने अन्दाजी ७-८ वटा इभी गाडी बगाएको छ ।

त्यस्तै बाढीले रसुवागढी हाड्रोपावरमा क्षति पुर्याएको छ । गोसाइकुण्ड गाउँपालिका-५ पासाङल्हामु सडकखण्डस्थित धुन्चेदेखि टिमुरेसम्मको बाटो बाढीका कारण चर्किई अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १० : ४३ बजे