१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

फिल्म ‘मैझारो’ मा दीया पुनको इन्ट्री



काठमाडौँ । ‘तक्मे बुढा’को रुपमा परिचित कलाकार विल्सन विक्रम राईले आफ्नो निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘मैझारो’ मा दीया पुनको इन्ट्री भएको छ ।

गत साता फिल्मको घोषणा गरेयता धीरज मगर, मिरुना मगर, सुनिल थापा, पुष्कर गुरुङलाई अनुबन्धित भएका मैझारोमा दियाको इन्ट्री भएको हो ।

निर्देशक राईले दीयलाई औपचारिक रुपमा अनुबन्ध गरेका हुन् । ‘वीर विक्रम’ बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी दीयाको पछिल्लो फिल्म ‘दयारानी’ बक्स अफिसमा हिट भएको थियो । ‘मिस्टर झोले’, ‘मन्त्र’ जस्ता फिल्ममा पनि काम गरेकी उनको नयाँ फिल्म ‘एक्लो’ आगामी पुषमा रिलिज हुँदैछ ।

तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थतामा आधारित भएर बन्ने जनाइएको छ । आगामी साउन पहिलो साताबाट छायांकन सुरु हुने भनिएको फिल्मलाई पूर्वी जिल्ला इलाम र पाँचथरका रमणीय स्थानहरूमा छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

फिल्मको गीतमा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू र अनमोल गुरुङको स्वर रहनेछ । फिल्मलाई निर्देशक राई स्वयंले लेखेका छन् ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ९ : ३१ बजे