काठमाडौँ । नेपालमै पहिलो पटक हुने ‘मिस एन्ड मिसेस् तीज २०२५’ को आवेदन खुला गरिएको छ ।
स्नो सञ्चार प्रोडक्सनको आयोजनामा हुने ‘तीज स्पेसल ब्युटी पेजेन्ट’मा प्रतिस्पर्धा गर्न चाहनेका लागि साउन ९ अन्तिम दिन तोकिएको छ ।
आवेदन दिन चाहनेका लागि तौल र उचाइको सीमा तोकिएको छैन भने १८ देखि ५० वर्ष उमेर समूहका अविवाहित, विवाहित र एकल (डिभोर्स)ले आवेदन लिन सक्ने स्नो सञ्चारका सिइओ सम्भव राउत क्षेत्रीले जानकारी दिए ।
साउन १० देखि कोरियाग्राफी तालिम सुरु गर्ने तयारी गरिएको छ भने हरितालिका तीज अगावै फिनालेको तयारी गरिएको छ ।
रजिष्टेशनका लागि ९८४२११२०५० मा फोन अथवा snowsancharproduction@gmail.com मा मेल गर्न सकिनेछ ।

























