१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

बलिवुड फिल्म ‘उदयपुर फाइल्स’ को रिलिजको रोक कायमै



काठमाडौँ । भारतको प्रसिद्ध कन्हैया लाल हत्या प्रकरणमा आधारित फिल्म ‘उदयपुर फाइल्स: कन्हैया लाल दर्जी मर्डर’ को रिलिजमा लगाइएको प्रतिबन्धलाई अदालतले कायम राखेको छ।

दिल्ली उच्च अदालतले हालै फिल्मको रिलिजमा प्रतिबन्ध लगाएको थियो । सर्वोच्च अदालतले मुद्दाको सुनुवाइ जुलाई २१ सम्मका लागि स्थगित गरेको छ । अदालतले निर्माताहरूलाई फिल्म विरुद्धको आपत्ति सुन्न केन्द्रले नियुक्त गरेको समितिको निर्णय नआउन्जेल पर्खन भनेको छ ।

फिल्म ‘उदयपुर फाइल्स’ का निर्माताहरूले दिल्ली उच्च अदालतको निर्णय विरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए । फिल्म जुलाई ११ मा सिनेमाघरहरूमा रिलिज हुने तालिका थियो। समाचार एजेन्सी पीटीआईका अनुसार फिल्मका निर्माताहरूले ‘सेन्सर बोर्ड’ (केन्द्रीय फिल्म प्रमाणन बोर्ड) बाट प्रमाणीकरण प्राप्त गरे पनि फिल्मको रिलिज रोकिएको तर्क गरेका थिए ।

भरत एस श्रीनाते र जयन्त सिन्हाले निर्देशन गरेको यस फिल्ममा विजयराज, राजनीश दुग्गल, प्रिती झिंगानियालगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बुधबार  ५ : ३१ बजे