१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

मिलन चाम्सको फिल्म ‘सुम्निमा’ मा अनुप विक्रम शाही अनुबन्ध



काठमाडौँ । निर्देशक मिलन चाम्सको फिल्म सुम्निमा अभिनेता अनुप विक्रम शाही अनुबन्ध भएका छन् । मिलनको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सुम्निमा’मा अनुप अनुबन्ध भएका हुन् ।

नकारात्मक भूमिकाका लागि परिचित अनुप यो फिल्ममा भूमिका बारे स्पष्ट जानकारी दिइएको छैन ।

सुम्निमामा अनुपअघि फिल्ममा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता कुन्साङ बमजन अनुबन्धित भइसकेका छन् । गोर्खा फिल्म्सले चाम्स इन्टरटेन्मेन्टसँग निर्माणमा सहकार्य गरेको यो फिल्म विशुद्ध प्रेमकथामा बन्ने जनाइएको छ ।

राजीव थापाको लेखन रहेको फिल्मको छायांकन आगामी अगस्ट अर्थात् भदौबाट लण्डन र नेपालमा हुनेछ । निर्देशक चाम्सका अनुसार ‘यूनिभर्सल’ कथा र अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राख्दै ‘सुम्निमा’ बनाइनेछ । उनको यो ११ औं निर्देशकीय फिल्म हुनेछ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बुधबार  ९ : ३२ बजे