१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

एनआरएनए अस्ट्रेलिया नर्दन टेरीटोरीमा कोषाध्यक्ष पदमा भुसालको उम्मेदवारी


९ श्रावण २०८२, बिहिबार  

94
Shares

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा सन्दीप भुसालले उम्मेदवारी दिएका छन् ।

करिब १ दशकदेखि अस्ट्रेलियाका विभिन्न प्रान्तहरूमा बस्दै आएका भुसालले भवानी पौडेलको प्यानलबाट उम्मेदवारी दर्ता गराएसँगै भुसाल चर्चामा छन् । आफैँमा एक सक्षम उम्मेदवार त्यसमाथि पनि लामो समयदेखि अस्ट्रेलियामा सामाजिक कामको अनुभव भएका कारण आफ्नो जीत सुनिश्चित बनेको भुसाल दाबी गर्छन् ।

लामो समयदेखि अस्ट्रेलियाका विभिन्न राज्यमा रहेर आर्थिक व्यवस्थापनको पाटोमा अनुभव बटुली सकेका कुशल व्यवस्थापक समेत रहेका भुसाल आगामी दिनमा थप ऊर्जा र उत्साहका साथ काम गर्ने योजना रहेको सुनाउँछन् ।

भुसाल भन्छन् लामो समयदेखि स्वयम सेवकका रूपमा काम गरी समुदायको बिचमा लोकप्रियता हासिल गरिसकेको अनुभवका कारण पनि भोलीका दिनमा मैले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको नयाँ कार्यसमितिमा बसेर काम गर्न सक्छु । उनले उक्त पदलाई थप मर्यादित, जिम्मेवार र उत्तरदायी बनाउने कुरामा जोड दिए । उनको उम्मेद्‍वावारीलाई एनआरएनए नर्दन टेरोटोरीका पूर्व तथा वर्तमान कार्यसमितिका सदस्यले स्वागत गरेका छन्। नर्दन टेरीटोरीमा अध्यक्ष पदका लागि भवानी पौडेल, उपाध्यक्षमा रविन भुसाल, सचिवमा आकाश बुढाथोकी तथा यूथ कोअर्डिनिडेरमा अनुपम ढुङ्गाना बलियो दाबेदारका रूपमा देखिएका छन्। नर्दन टेरीटोरी राज्यमा २६ जुलाईमा एनआरएनए अस्ट्रेलियाको नयाँ कार्यसमितिका निर्वाचन हुँदै छ। जसका लागि भुसाल र भवानीको टिमले सक्रियताका साथ तीव्र गतिमा प्रचार प्रसार गरिरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, बिहिबार  ९ : १२ बजे