१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

वित्तिय कर्मचारी मञ्च सोलुखुम्बुको चौथो अधिवेसन आज हुने


१० श्रावण २०८२, शुक्रबार  

68
Shares

वित्तिय कर्मचारी मञ्च सोलुखुम्बुको चौथो अधिवेसन आज हुने भएको छ । बैंक, बिमा र लघुबित्तका कर्मचारीहरुको छाता सङ्गठनको रूपमा सोलुखुम्बु २०७५ साल देखि सकृय रहेको संस्थाको नयाँ कार्यसमिति चयन हुने छ ।

हिल भ्यु रेस्टुरेन्टको सभाहलमा हुने अधिवेसनले १२० भन्दा बढि र्कचारीको नेतृत्व गर्ने छ । टाढाबाट आएका बित्तीय क्षेत्रका कर्मचारीहरुलाई एक्लोपन हटाई पारिवारिक वातावरणमा सोलुखुम्बुमा निर्धक्क काम गर्ने वातावरण साथै कर्मचारीहरुको हरेक समस्याहरुलाई सामुहिक रुपमा समाधान गर्ने र बिदाई भएर जादा पनि सोलुखुम्बुलाई सम्झी राख्ने वातावरण बनाउन बित्तीय कर्मचारी मञ्चले महत्त्वपूर्ण भुमिका खेलेको छ।

प्रकाशित मिति : १० श्रावण २०८२, शुक्रबार  ८ : ५७ बजे