१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

फिल्म ‘कोशे ढुङ्गा’को ‘भगेरा र भगेरी’ सार्वजनिक, सुरक्षा र मञ्जिल कुमारको रोमान्स


२१ श्रावण २०८२, मंगलबार  

10
Shares

काठमाडौँ । फिल्म ‘कोशे ढुङ्गा’को तिज गीत ‘नत्र भने जिन्दगी’ले सफलता पाइरहेको छ । खेम सेन्चुरीको कम्पोज र नेत्र अर्यालको शब्दमा तयार भएको गीतलाई २३ लाख भन्दा बढी पटक हेरिसकिएको छ ।

युट्युब, फेसबुक र टिकटकमा भाइरल बन्दै गएको छ। गीतका हजारौँ भिडिओ टिकटकमा बनेका छन्। गीतको आकर्षक शब्द र रमाइलो डान्स स्टेप दर्शक र श्रोतामाझ निकै लोकप्रिय बनेको छ। सायद, यो समाचार तयार पार्दा सम्म यो वर्षको सर्वाधिक हेरिएको तीज गीतमा यो नै पहिलो हो ।

यसको चर्चा नसेलाउँदै कोशेढुंगाको अर्को गीत सार्वजनिक गरिएको छ । ‘भगेरा र भगेरी’ बोलको गीतको भिडियोमा सुरक्षा पन्त र मञ्जिल कुमार देखिएका छन्। सेभेन सिज इन्टरनेश्नलको अफिसियल युट्युब मार्फत सार्वजनिक गीतमा रिदम कँडेल र बेनिशा पौडेलको स्वर रेकर्ड छ । रिदमको कम्पोजिसन रहेको गीतमा विदुर तिमिल्सीनाले शब्द लेखेका छन् । फिल्मलाई आगामी भदौ १२ गतेदेखि वल्र्डवाइड रिलिज गर्ने तयारी गरिएको छ ।

‘कोशे ढुङ्गा’मा आर्यन सिग्देल, सुरक्षा पन्त, नीति शाह, प्रवीण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईँ, सिरु विष्ट, उद्धव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकारको अभिनय छ । महिला प्रधान फिल्मको मुख्य भूमिकामा सुरक्षा पन्त छिन् । नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन् ।

कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन् । बाबु श्रेष्ठको डीओपी रहेको फिल्ममा नहकुल खड्काको सम्पादन, आशिष् अविरल र रिदम कँडेलको सङ्गीत रहनेछ । फिल्मका कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतीक्षित फिल्म बनेको छ ।

सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै करिब ४७ करोड ५० लाख भन्दा बढी ग्रसकलेक्सन गरेको थियो । त्यसैले उनले निर्देशन गरेको यो चलचित्र कस्तो हुनेछ भन्ने धेरैमा चासो छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, मंगलबार  २ : ११ बजे