१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

गाजामा खाना बोकेको ट्रक भिडमाथि पल्टिदा २० जनाको मृत्यु


२२ श्रावण २०८२, बुधबार  

2
Shares

काठमाडौँ । गाजामा खाना बोकेको ट्रक भिडमाथि पल्टिदा २० प्यालेस्टिनीको मृत्यु भएको छ ।

दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएको बताइएको छ । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमूद बसालले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार मध्य गाजा पट्टीको शरणार्थी शिविर नजिकै मध्यरातमा घटना भएको हो ।

इजरायली सेनाले एएफपीलाई यी रिपोर्टहरूको अनुसन्धान गरिरहेको बताएको छ ।

संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार, मे महिनाको अन्त्यदेखि खानाको खोजीमा १३ सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ ।

इजरायली सरकारले केहि अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई गाजामा यात्रा गर्न र त्यहाँको अवस्थाको बारेमा स्वतन्त्र रूपमा रिपोर्ट गर्न रोक लगाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बुधबार  ४ : ५९ बजे