काठमाडौँ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले काठमाडौँमा सुरु गरेको तीन दिने प्रशासनिक घुम्ती सेवाको पहिलो दिन २४५ जना पालिकाबासीले सेवा लिएका छन् ।
काठमाडौँ उपत्यकामा बसोबास गर्ने पालिका बासीहरूको सहजताको लागि पाँचवटै वडाले शेर्पा पार्टी प्यालेस गोकर्णेश्वरबाट सेवा दिदै आएको छ ।
पञ्जिकरण फिल्ड सहायक प्रेम कुमार बस्नेतले दिएको जानकारी अनुसार विवाह दर्ता, जन्म दर्ता, मृत्यू दर्ता, नाता प्रमाणीत, नागरिकताको नयाँ र प्रतिलिपी सिफारिस, सामाजिक सुरक्षा भत्ता नविकरण, मालपोत तिरो, राष्ट्रिय परिचय पत्र वितरण लगायतका सेवा लिएका छन् ।

वडागत सेवाग्राहीको विवरणः
वडा नं १
विवाह दर्ता २
जन्मदर्ता ३
मृत्यू दर्ता १
नागरिकताको प्रतिलिपी सिफारिस ३
नाता प्रमाणीत १
सामाजिक सुरक्षा भत्ता नविकरण २२
मालपोत तिरो ९
राष्ट्रिय परिचय पत्र वितरण १६
वडा नं २
जन्मदर्ता २
नागरिकताको प्रतिलिपी सिफारिस ३
नागरिकताको नयाँ सिफारिस २
नाता प्रमाणीत १
सामाजिक सुरक्षा भत्ता नविकरण ५
मालपोत तिरो ५
राष्ट्रिय परिचय पत्र वितरण ९
वडा नं ३
विवाह दर्ता ५
जन्मदर्ता ९
मृत्यू दर्ता ३
सर्जिमिन मुचुल्का १
नागरिकताको प्रतिलिपी सिफारिस ३
नाता प्रमाणीत २
अन्य सिफारिस ३
सामाजिक सुरक्षा भत्ता नविकरण १७
मालपोत तिरो १३
राष्ट्रिय परिचय पत्र वितरण २६
वडा नं ४
जन्मदर्ता ४
मृत्यू दर्ता १
अविवाहित प्रमाणीत २
नागरिकताको नयाँ सिफारिस ३
नाता प्रमाणीत ३
सामाजिक सुरक्षा भत्ता नविकरण ६
मालपोत तिरो ५
राष्ट्रिय परिचय पत्र वितरण ९
वडा नं ५
विवाह दर्ता २
जन्मदर्ता १
मृत्यू दर्ता २
नागरिकताको नयाँ सिफारिस १
नाता प्रमाणीत २
सामाजिक सुरक्षा भत्ता नविकरण ८
मालपोत तिरो १९
राष्ट्रिय परिचय पत्र वितरण ११
























