१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

जापानको जनसंख्या लगातार घट्दै


२४ श्रावण २०८२, शुक्रबार  

2
Shares

काठमाडौँ । जापानमा जनसंख्या रेकर्ड दरमा घट्दै गइरहेको छ । आधिकारिक तथ्याङ्क अनुसार, जापानको कुल जनसंख्यामा जापानी नागरिकहरूको संख्या नौ लाखभन्दा बढीले घटेको छ ।

यो गिरावट लगभग दुई दशकदेखि रेकर्ड गरिएको छ । जापानमा जन्मदर धेरै वर्षदेखि धेरै कम छ, जबकि वृद्धवृद्धाको संख्या बढ्दै गएको छ र मृत्युदर पनि बढ्दै गएको छ ।

जापान टाइम्सको रिपोर्ट अनुसार, यस वर्ष जनवरी १ सम्म, जापानमा स्थानीय नागरिकहरूको कुल जनसंख्या घटेर लगभग १२ करोड पुगेको छ, जुन गत वर्षको तुलनामा ९ लाख १२ हजार १६२ ले कम हो ।

यसैबीच, जापानमा बस्ने विदेशीहरूको संख्या बढ्दै गइरहेको छ, जसमध्ये धेरैजसो अस्थायी कामदार रहेका छन् । अहिल्लो बर्षको तुलनामा जापानमा विदेशीको संख्या ३ लाख ५४ हजार ८९ ले बढेको रिपोर्टमा उल्लेख छ ।

२०२१ र २०२२ को महामारी वर्षहरूमा विदेशी बासिन्दाहरूको संख्यामा गिरावट आएको थियो, तर विगत तीन वर्षमा यो संख्या हरेक बर्ष १० प्रतिशत भन्दा बढीले बढेको छ ।

गत वर्ष, विदेशबाट जापान सर्ने विदेशी नागरिकहरूको संख्या रेकर्ड ६ लाख ६१ हजार ८०९ थियो ।

यसको विपरित, जापानी जनसंख्यामा तीव्र प्राकृतिक कमी आएको थियो, जुन ९ लाख १२ हजार १६२ जनाले घटेको थियो । तथ्याङ्कले देखाउँछ कि २०२४ लगातार १७औं वर्ष थियो जसमा नागरिकहरूको जनसंख्यामा प्राकृतिक रुपमा लागातार घटेको थियो ।

जापानी र विदेशी नागरिकहरूको कुल जनसंख्या १२ करोड ४३ लाख थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शुक्रबार  १० : ५१ बजे