१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

विष्णु माझीको तीज गीत ‘म त नराउरी’सार्वजनिक


२९ श्रावण २०८२, बुधबार  

1.8k
Shares

काठमाडौँ । लोक पारखीहरुको व्यग्र प्रतिक्षापछि विष्णु माझीको तीज गीत ‘म त नराउरी’सार्वजनिक गरिएको छ । सुन्दरमणी अधिकारीको सृजनामा तयार भएको गीतलाई ‘पुतलीको भट्टी भाग २१’मा समाबेश गरिएको छ ।

आशिष अविरलको एरेन्ज रहेको गीतको भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी गरेका छन् । ललिता पौडेलको मुख्य भूमिका रहेको भिडियोमा सुन्दरमणि र ललिताको दोहोरो भूमिका देखिन्छ ।

भिडियो निर्देशन सुन्दरमणि अधिकारी आफैँले गरेका छन् । पछिल्लो समय विष्णु माझीले आफ्नो बाहेक अन्य कलाकारको गीत गाउन छाडेकी छन् । गीतमा मोडल ललितासँगै ६० जना महिला कोरसलाई नचाइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार  ९ : ५१ बजे