१८ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

‘कमेडी दरबार’ले गर्यो शहिदहरुप्रति ट्रिब्युट



काठमाडौं । लोकप्रिय टेलिभिजन शो ‘कमेडी दरबार’ले शहिदहरुप्रति ट्रिब्युट एपिसोड सार्वजनिक गरेको छ । हाँस्य बिधाको शोले पहिलोपटक फरक तरिकाले निर्माण गर्दै पछिल्लो समय जेनजीको प्रदर्शनको क्रममा ज्यान गुमाइ शहिद भएका र मातृभूमिका लागी ज्यान बलिदान दिएका सम्पूर्ण शहिदहरु प्रति टिब्युट एपिसोड निर्माण गरेको हो ।

उक्त एपिसोडमा नेपाली गीतसंगीतका लोकप्रिय गायक एसकुमार, हेमन्ट शर्मा र गायिका इन्दिरा जोशीको पनि बिशेष उपस्थिती रहेको छ । उनीहरुले पनि गीत प्रस्तुत गरेका थिए । शोकी निर्देशक श्रृद्धा प्रसाईंले देशमा घटेको बिषमपरिस्थिती र देश रोईरहेको समयमा हास्न र हसाउन मन नलागेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘थुप्रै युवाहरुले आफ्नो राष्ट्रका लागी ज्यान नै बलिदान दिनुभएको छ । यो पछिल्लो एपिसोडलाई हामीले तिनै शहिदहरुप्रति ट्रिब्युट दिएका हौं ।’

शोका प्रस्तोता तथा अर्का निर्देशक बिक्की अगरवालका अनुसार शोको छायांकनको क्रममा अधिकांशको आँखामा आशु थियो । उपस्थित अतिथीहरु पनि भावुक देखिएका थिए । बिक्की र सजिना खनाल प्रस्तोता रहेको कमेडी दरबारको उक्त एपिसोडमा सिडी बिजय अधिकारी, बिश्वास तिम्सिना, पबित्रा शाकी (मिस पबि), सुजता श्रेष्ठ, सुन्दर खनाल, हिमेश पन्त र बिकाश अर्याल, सरोज भण्डारीले प्रस्तुती दिएका थिए ।
प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युवमार्फत प्रसारण हुदै आएको कमेडी दरबारको अहिले सिजन २ प्रसारण भइरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ३ : ०३ बजे