१८ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

विश्व रेबिज दिवसः विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै


१२ आश्विन २०८२, आइतबार  

2
Shares

काठमाडौं । आज विश्व रेबिज दिवस,विश्वभर विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै छ ।

सेप्टेम्वर २८ विश्वभरि ’रेबिज विरुद्धको दिवस’को रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी आदान प्रदान गरेर मनाइने दिन हो ।

सेप्टेम्वर २८मा प्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्यूवरण गरेको दिन पनि हो र उनले रेविज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतकालागि उनको सम्झना गर्ने गरिन्छ ।

२०२५ को विश्व रेबिज दिवस को नारा ‘Act Now:You, Me, Community’ रहेको छ जसको अर्थ रेबिज रोकथामका लागि व्यक्तिगत, पारिवारिक र सामुदायिक सबैको तत्काल र साझा प्रयास आवश्यक रहेको छ ।

सरकारी स्वास्थ्य चौकीमा रेबिज विरुद्धको खोप अनि रेबिज भाइरस शरीरमा प्रवेश गरिसकेपछि लगाइने पोस्ट एक्पोजर अफ प्रोपिलाइसिस अर्थात पिइपि इञ्जेक्शनलाई अझै सहज रूपमा उपलब्धताकालागि सम्बन्धित निकाय र सरोकारवालाहरूले ध्यान दिन जरूरी छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ८ : ३३ बजे