१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

मनुहाङ किराँती ‘सोलु’को पाँचौ कृति ‘महाकुलुङको साहित्य र कलाको इतिहास एवम् व्यक्तित्व परिचय’ विमोचन


२४ आश्विन २०८२, शुक्रबार  

24
Shares

सोलुखुम्बु । लेखक मनुहाङ किराँती ‘सोलु’को पाँचौ कृति ‘महाकुलुङको साहित्य र कलाको इतिहास एवम् व्यक्तित्व परिचय’ विमोचन गरिएको छ ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका स्थित नवयुग साहित्य, कला सेवा समाजको आयोजनामा महाकुलुङ ५ स्थित बसन्त जन जागरण संस्थाको सभाहलमा आयोजित कार्यक्रममा मनुहाङको कृति को विमोचन गरिएको हो ।

साहित्यकार अजय अलङ्कारको प्रमुख आतिथ्यता, महाकुलुङ गाउँपालिकाकी उपाध्यक्ष विपना कुलुङ र वडा न ५ अध्यक्ष महल सिं राई, गुदेल माविका पूर्व प्रधानध्यापक लबकुमार राई लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा साहित्यकार अजय अलङ्कारले साहित्य समाजको ऐना भएको भन्दै समाजको वास्तविकतालाई साहित्यले मात्रै चित्रण गर्न सक्ने बताए ।

सोही अवसरमा पालिकास्तरिय कविता प्रतियोगिता समेत आयोजना गरिएको थियो । विजेतालाई दुई हजार, १५ सय र एक हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ९ : ०८ बजे