१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

नेपालमा दर्शकको राम्रो साथ पाएको ‘हरिबहादुरको जुत्ता’ले अमेरिकामा कति कमायो ?


२५ आश्विन २०८२, शनिबार  

4
Shares

काठमाडौँ । नेपालमा असोज १३ गते दशैँको फूलपातीबाट प्रदर्शन भैरहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ यतिबेला अमेरिकामा पनि प्रदर्शन भैरहेको छ। नेपालमा ३ करोड ९० लाख भन्दा बढी कमाइ गरिसकेर अझै प्रदर्शनरत चलचित्रले अमेरिकामा पहिलो सातामा अमेरिकामा ४८ हजार अमेरिकी डलर (६८ लाख नेरु) कमाइ गरेको छ।

नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सासको ड्यालस र ओहायो राज्यमा चलचित्रले दर्शकको राम्रो साथ् पाएको छ। हरिवंश आचार्य स्टारर सोसल-कमेडी ड्रामालाई अमेरिकामा आहान पौडेलले वितरण गरेका छन्। नेपाली चलचित्र वितरक उज्ज्वल पौडेलका छोरा हुन् आहान र उनको यो पहिलो वितरण हो।

पहिलो साता ८० पर्दाबाट अमेरिकामा रिलिज भएको ‘हरिबहादुरको जुत्ता’ अहिले पेन्सिलभेनिया, न्यूयोर्कको क्विन्स, एलुएस, हस्र्ट, ओहायको पिकरिंगटोन, भर्जिनियाको एसबर्न, टिनिसको नासभिल, म्यासाचुसेट्सको क्याम्ब्रिज, कनेक्टिकटको हार्डफर्ड, न्यू ह्यामसायरको हुकसेट, जर्जियाको जोन क्रिक्स, जर्जियाको बुफर्ड, मेरिल्याण्डको गेसिथबर्गस्थित हलमा चलिरहेको जनाइएको छ ।

सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रियंका कार्की, प्रकाश सपुत, हरिहर शर्मा, किरण केसी, दिव्य देव लगायतका कलाकारको अभिनय रहेको छ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  २ : ३१ बजे