३ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025

राधाकृष्ण देउजाको ‘हाम्रो प्रहरी, राम्रो प्रहरी’ गीत सार्वजनिक


३ कार्तिक २०८२, आइतबार  

6
Shares

काठमाडौँ । अमेरिकामा रहेर पनि निरन्तर नेपालमा कानुनी शासन, सामाजिक सद्भाव र सुरक्षा निकायहरूलाई सशक्त, सक्षम र उत्तरदायी बनाउनुपर्ने पक्षमा आवाज उठाउँदै आएका राधाकृष्ण देउजाले ७०औं प्रहरी दिवसको अवसर परेर हाम्रो प्रहरी, राम्रो प्रहरी’ बोलको गीत सार्वजनिक गरेका छन। उक्त गीतमा नेपालको प्रहरीप्रतिको सम्मान र माया प्रकट गर्ने एक अर्थपूर्ण शब्दहरू समेटिएको पाइन्छ ।

‘हाम्रो प्रहरी, राम्रो प्रहरी’ शीर्षकको यस गीतमा देउजाले नेपाल प्रहरीको निरन्तर सेवा, त्याग र निःस्वार्थ समर्पणको यथार्थ झल्काउँदै समाजमा प्रहरीप्रतिको मनोबल उच्च राख्ने सन्देश दिएका छन्।

गीतमा शब्द रचना राधाकृष्ण देउजाको रहेको छ भने संगीत तथा स्वर गायक हेमन्त कान्छा रसाइलीले दिएका छन्। गीतको भिडियो सम्पादन प्रकाश विश्वकर्माले गरेका छन्।

गीतको शब्दहरूमा, प्रहरीहरू सधैं देश र जनताको सुरक्षाको अग्रपंक्तिमा रहेर काम गर्छन् तर धेरैजसो समय उनीहरूले आफ्नो समर्पणको जस पाउँदैनन् प्रहरीप्रति जनताको सम्मान बढे मात्र कानुनी शासन बलियो बन्छ। भन्ने भाव झल्किएको छ

७०औं प्रहरी दिवसको अवसरमा सार्वजनिक गरिएको यस गीतले प्रहरी समुदायको मनोबल बढाउने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। गीतमा समेटिएका भावनात्मक शब्द र लयले प्रहरीका चुनौतीपूर्ण दायित्वप्रतिको कदर झल्काउँछन्।

‘हाम्रो प्रहरी, राम्रो प्रहरी’ गीतको भिडियो राधाकृष्ण देउजा युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, आइतबार  १२ : ५३ बजे