काठमाडौँ । नयाँ बस्ती युवा क्लबको अधिबेशनबाट चन्द्रमणी गौतम अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् ।
गौतमको नेतृत्वमा उपाध्यक्ष दिपक सापकोटा, सचिव राम चन्द्र दङगाल, कोषाध्यक्ष राजेन्द्र खनाल, सह सचिव सुदिप बोहरा र सदस्यहरुमा विशाल श्रेष्ठ, निशान भट्टराई, सुमित्रा सुनुवार र विजय खत्री सहितको ९ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ ।
अधिवक्ता सन्तोष भूजेलको संयोजकत्वमा सुरेश पौडेल र सुभाष पुडासैनी सदस्य रहेको समितिले निर्वाचन प्रक्रियाको भूमिका निर्वाह गरेका थिए ।
त्यस्तै, सोमबार आयोजित नयाँ बस्ती युवा क्लब गोकर्णेश्वरले ३९ औँ वार्षिक उत्सब तथा ११७ औँ लक्ष्मी जयन्तीको अवसरमा कवि तथा सञ्चारकर्मी डा. नवराज लम्साललाई देवकोटा सम्मान गरेको छ ।
क्लबका अध्यक्ष विरेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक डा. ऋषिराम पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, उपमेयर सान्ननी लामा, नगर प्रबक्ता नारायण सुबेदी, वडाध्यक्ष नबराज लामा, प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौलीको विशष्टि आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पुर्ब संविधान सभा सदस्य रामेश्वर फुयाल, वडा सदस्य श्री बहादुर योगी, मन्जु पुडासैनी, साहित्यकार गोबिन्द घिमिरे, सामाजिक अभियन्ता उत्तम पुडासैनी, मानव अधिकार तथा शान्ति समाजका निबर्तमान सभापति राम कृष्ण बराल, यान प्रसाद अधिकारी, केशब सापकोटा लगायत सुगम नगर टोल बिकास समाजका अध्यक्ष कपिल मुनि उप्रेती, पल्स टोल सुधार समितिका अध्यक्ष अर्जुन कार्की, शान्ति मार्ग टोलका अध्यक्ष भिम पाण्डे, ग्रीन भ्यालीका प्रेम बहादुर कार्की, समाजसेबी साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति भागवत सापकोटा, समाजसेबी बसन्त रिजाल, दामोदर सन्जेल, मनोहर थापा, भिम प्रसाद पुडासैनी, राधाकृष्ण बोहोरा, माधब खनाल, बेदप्रसाद दङाल लगायतको पनि उपस्थिति रहेको थियो । सोही अवसरमा देबकोटाको सालिकमा माल्यार्पण गरी देवकोटालाई सम्झना गरिएको थियो।


























