१३ कार्तिक २०८२, बुधबार | Thu Oct 30 2025

साहित्यकार डा. सोलुलाई ‘कवि मुक्तिनाथ स्मृति साहित्य सम्मान’


१३ कार्तिक २०८२, बुधबार  

80
Shares

सोलुखुम्बु । साहित्यकार डा. रेणुका सोलुलाई कवि मुक्तिनाथ स्मृति साहित्य सम्मान प्रदान गरिएको छ ।

सोमबार नेचासल्यानमा सम्पन्न सोलुखुम्बु जिल्लाकै प्रथम कवि स्वर्गीय मुक्तिनाथ कट्टेलको स्मृतिमा आयोजित कार्यक्रममा साहित्य सम्मान र खुला कविता प्रतियोगिता सम्पन्न गरिएको थियो ।

‘मुक्तिनाथ साहित्य सम्मान’प्राप्त गरेकी रेणुकालाई नगद ८ हजार ८ सय अठचालीस र सम्मानपत्र प्रदान गरिएको छ ।

खुला कविता प्रतियोगितामा जेवि राई जिज्ञासु प्रथम, उषा शर्मा द्वितीय, पदम भट्टराई र सुजन शर्मा तृतीय र प्रज्ञा कट्टेलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने राईलाई नगद ४ हजार, द्वीतिय शर्मालाई ३ हजार, तृतीय स्थान प्राप्त गर्ने भट्टराई र शर्मालाई जनही २ हजार र सान्त्वना कट्टेललाई १०० सहित सहभागी प्रतियोगी आठ जनालाई जनही ५०० नगदसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बुधबार  १० : ४० बजे