२२ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025

साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा (तस्विरहरुसहित)


२२ कार्तिक २०८२, शुक्रबार  

4
Shares

काठमाडौं । साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको खटलाई मन्दिर परिक्रमा गराइएको छ । बुधबार साँझ पशुपतिनाथ अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले देवता सहित सजाइएको रथमा सिन्दुर चढाएर रथयात्राको शुभारम्भ गरेका हुन् ।

श्री चन्द्रविनायक तथा श्री भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराई मन्दिर परिसरमा लगेर बिसाइएको छ । मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् शुक्रबार दुवै रथलाई पशुपतिमा लगेर पिताको दर्शन गराई जयवागेश्वरी हुदैँ मित्रपार्क चुच्चेपाटीसम्मका मूल चोकहरूमा घुमाउने गरिएको छ ।

यो जात्रा चार दिनसम्म मनाइन्छ । जात्राको अन्त्य द्वारेले सिन्दुर चढाए पछि हुने गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शुक्रबार  १० : ५८ बजे