२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

कर्णाली यशविस इडब्लुभीको फाइनल प्रवेश


२७ कार्तिक २०८२, बुधबार  

4
Shares

काठमाडौं । साविक विजेता कर्णाली यशविस एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुगेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज मधेश युनाइटेडलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो।

एकतर्फी जित निकाल्ने क्रममा कर्णालीले २५-१५,२५-१२,२५-१७ को जित निकालेको थियो। सबै ४ खेल जितेको कर्णालीको १२ अंक पुगेको छ।

आज अर्को खेल ललितपुर क्विन्स र पोखरा निन्जाजबीच हुनेछ। ललितपुरको ९ अंक छ। पोखरा पुछारमा छ।

पोखरामा इडब्लुभीको‌ दोस्रो संस्करण जारी रहँदा भदौं २३ र २४ को जेनजी आन्दोलनका कारण स्थगित भएको थियो। त्यहिबाट आज इडब्लुभी सुरु भएको हो।

बाँकी खेलमा विदेशी खेलाडी छैनन्। हरेक टोलीमा रहेका ९ खेलाडीबाट बाँकी खेल सक्ने सहमति इडब्लुभी पुनः सुरु गरिएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बुधबार  ६ : १२ बजे