काठमाडौँ । गायक सविन गौतमको दोहोरी गीत ‘चुन्नी तानम की’ सार्वजनिक गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगरको प्रमुख आतिथ्यता तथा राष्ट्रिय लोकसञ्चारकर्मी नेपालको आयोजनामा शुक्रबार काठमाडौँमा सम्पन्न कार्यक्रममा गीत सार्वजनिक गरिएको हो ।
शिव हमालको शब्द र प्रदिप अधिकारीको संगीतमा तयार भएको गीतमा सविन गौतम र दिपिका बयम्बु मगरको स्वर रेकर्ड छ । दिपेन्द्र तिमिल्सीनाको निर्देशनमा तयार भएको भिडियोमा पुष्प खड्का र रजनी गुरुङ लगायत फिचर्ड छन् ।

मौलिक जगमा बनेको गीतलाई प्रदिप अधिकारीको यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीत अनुसार भिडियोलाई पनि मौलिकतामा ढालिएको छ ।
सार्वजनिक कार्यक्रममा अध्यक्ष रीता थापा मगरले मौलिक गीत गाएर, नाचेर पनि हाम्रो जीवन चलाउन सकिन्छ, त्यसकारण क्षेत्रगत सीमा ननाघ्न कलाकारहरुलाई आग्रह गरिन् । उनले भनिन्, ‘हिजो कतिपय सञ्चारकर्मीको आडमा विकृतीजन्य गीत र सर्जकले प्रसय पाएको थियो । अब त्यस्तो हुदैन् भन्ने विश्वास राख्दछु ।’ उनले गीतलाई सफलताको शुभकामना समेत दिए ।





राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले ‘चुन्नी तानम की’गीतले नवआगन्तुक सर्जक कलाकारलाई पनि शिक्षा दिने बताए ।
गीत सार्वजनिक कार्यक्रममा सर्जक शिव हमाल, एरेन्जर विनोद बाजुराली, निर्देशक दिपेन्द्र तिमिल्सीना र मोडल रजनी गुरुङले गीतसँग सम्बन्धीत अनुभव बताएका थिए ।

























