सोलुखुम्बु । तत्कालीन नेकपा माओवादी केन्द्रका नेचासल्यान गाउँपालिका अध्यक्ष वियस राई हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी सोलुखुम्बुको संयोजकमा चयन भएका छन् ।
शनिवार सल्लेरीमा आयोजित जिल्ला स्तरको भेलाबाट राईको संयोजकत्वमा ३३ सदस्सीय जिल्ला समिति गठन गरिएको छ ।
संयोजक राई पूर्व प्रहरी हुन् । जागिर त्यागेर समाज परिवर्तनको लागि भन्दै राजनीतिक यात्रा रोजेका राई गएको स्थानीय तहको निर्वाचनमा नेचासल्यान २ मा वडाध्यक्षको उम्मेदवार बनेका थिए ।
समितिको सहसंयोजकमा महेश कुमार राई, सचिवमा दिलीप सङ्कल्प राई, सहसचिव जयस थुलुङ राई, कोषाध्यक्षमा दीप राई, सह कोषाध्यक्षमा खेम नाछिरिङलाई चयन गरिएको छ ।

























