१२ मंसिर २०८२, बिहिबार | Fri Nov 28 2025

सोलुदुधकुण्ड ७ लाई निःशुल्क जग्गा प्राप्त


१० मंसिर २०८२, मंगलबार  

8
Shares

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा वडा कार्यालयलाई एक रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ ।

पर्यटन व्यवसायी तेन्जी लामाले माथिल्लो गार्मा स्थित मुल सडक छेउमा (हाल वडा कार्यालय नजिकै) रहेको जग्गा मंगलबार मालपोत कार्यालयबाट वडाको नाममा नामसारी गरिदिएका हुन् ।

३ आनाको जग्गामा निर्मित भवनबाट सेवा दिदै आएको वडा कार्यालयलाई प्राप्त जग्गामा सुविधा सम्पन्न वडाको प्रशासनिक भवन निर्माणको तयारी गरिएको छ ।

भवन निर्माणको लागि जिल्ला समन्वय समितिको ६० प्रतिशत र स्थानीय सरकारको ४० प्रतिशत बजेटको व्यवस्था भइसकेको र याथासिघ्र टेण्डर प्रक्रियामा जाने वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताए ।

शेर्पाले भने, भवन निर्माणको लागि जग्गाको खोजीमा थियौँ । तेन्जी लामाले जग्गा उपलब्ध गराउनु भयो । वडा परिवार खुसी छौँ । दाताप्रति आशा व्यक्त गर्दछौ ।

प्रकाशित मिति : १० मंसिर २०८२, मंगलबार  ९ : २५ बजे