१८ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

चुनावी गठबन्धनका लागि वार्ता गर्न ‘जय मातृभूमि पार्टी’ले बनायो समिति


१४ मंसिर २०८२, शनिबार  

408
Shares

काठमाडौँ । जय मातृभूमि पार्टीले अध्यक्ष सुरेश कुमार कार्कीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

शनिवार केन्द्रीय कार्यालय आमा घरमा बसेको कार्य सम्पादनको समितिले आगामी निर्वाचनमा नयाँ वैकल्पिक विचार मिल्ने दलहरूसँग गठबन्धन गर्नका लागि वार्ता समिति गठन गरेको हो ।

अध्यक्षको कार्कीको संयोजकत्वमा गठित समितिमा सह अध्यक्ष रामशरण पाण्डे, वरिष्ठ नेता क्या। केवी लिम्बु, वरिष्ठ उपाध्यक्ष रोमलाल गिरी, महासचिव गोविन्द गिरी, सचिव भानु खत्री र प्रवक्ता खेम क्षेत्री सदस्य रहेका छन् ।

बैठक लगत्तै समितिले जनादेश पार्टीका अध्यक्ष अधिवक्ता रमण कुमार कर्णको नेतृत्वको टिम सँग चुनावी गठबन्धनका लागि वार्ता गरेको छ । वार्ता सकारात्मक भएको जय मातृभूमि पार्टीका महासचिव गोविन्द गिरीले जानकारी दिए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, शनिबार  ९ : १९ बजे